नेपाली समय:

वि.सं २०८२ माघ २९   बुधवार

NepaliNP
फागुन ३ देखि मतदाता सचेतना कार्यक्रम गरिने- निर्वाचन आयोग नेपाल,

माघ- २७

 

काठमाडौं - निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि यही फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने तैयारी रहेको निर्वाचन आयोग नेपालले जनाएको छ ।

 

आयोगले मतदाता शिक्षा कार्यक्रममार्फत निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे जानकारी गराउन स्थानीय स्तरबाटै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो बताइएको छ। मतदाता शिक्षाका लागि घरदैलो जान देशभरका ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेवक खटिने छन् । 

 

मतदाता शिक्षा तथा सचेतनाका लागि विद्यालयस्तरमा समेत कार्यक्रम सञ्चालन गरिने छ । त्यस्तै, सामाजिक सञ्जाल, सञ्चारमाध्यमबाट मतदाता शिक्षा तथा सचेतनाका कार्यक्रमहरू प्रचार गर्ने समेत आयोगको तयारी रहेको छ ।

21 hours
हाम्रो आवाज