फागुन -१
एजेन्सी -बंगलादेशमा बिहीबार सम्पन्न निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमततर्फ अग्रसरता देखाएको छ। प्रारम्भिक नतिजाअनुसार पूर्वप्रधानमन्त्री खालिदा जियाका का छोरा तथा पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने स्थिति बनेको छ।
कुल ३०० मध्ये २९९ निर्वाचन क्षेत्रमा मतदान भएको थियो। शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको निधन भएपछि त्यहाँको निर्वाचन स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ।
सार्वजनिक भएको २०६ सिटको परिणामअनुसार बीएनपीले हाल सम्म १६५ सिट जितेको छ। पार्टीका अध्यक्ष रहमानले प्रतिस्पर्धा गरेका दुवै निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन्। उनी गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए।

