नेपाली समय:

वि.सं २०८३ जेठ ५   मंगलवार

NepaliNP
सुनचाँदीको मूल्यमा गिरावट,

फागुन ४, 

काठमाडौँ -आज सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा तीन हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर आज सुनको भाउ तोलाको तीन लाख दुई हजार आठसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको बिहीबार र शुक्रबार लगातार घटेको सुनको मूल्य हिजो तोलामा २३ सय रुपैयाँ बढेको थियो। यसैगरी चाँदीको मूल्य प्रतितोला १२५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको चार हजार आठसय ६० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ। 

16 Feb 2026 , 2:30pm
हाम्रो आवाज