फागुन १५
काठमाडौं - मौन अवधि सुरु हुनुभन्दा अगाबै निर्वाचन आचार संहिता उल्लङ्घन सम्बन्धी सबै उजुरी टुङ्ग्याइने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सञ्चारकर्मीसँगको कुराकानीमा बताएका छन्। आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः आग्रह गरेका छन् ।
आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त सम्पूर्ण उजुरीहरु फागुन २० गतेभित्र टुङ्ग्याइने उनले बताएका छन।
उनले निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै उजुरीहरुको अन्तिम निर्णय गरिने जानकारी समेत गराएका छन। उनका अनुसार हालसम्म आचारसंहिता उल्लंघनसम्बन्धी करिब १ हजार उजुरीमाथि कारबाही भइसकेको छ । हालसम्म परेका उजुरीमध्ये केही प्रकरणमा सजायमुखी निर्णयसमेत गरिएको उनले बताएका छन ।

