चैत-५
काठमाडौं- मध्यपूर्वमा इरान–इजरायलबीच बढ्दो तनावबीच इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गरेको छ ।
आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भए पनि कतारका सुरक्षा निकायले आगो नियन्त्रणमा लिएको र मानवीय क्षति नभएको जनाएको छ ।
यो आक्रमण इजरायल र अमेरिकाले इरानको साउथ पर्स ग्यास फिल्डमा गरेको आक्रमणको प्रतिकारस्वरूप भएको बताइएको छ ।

