नेपाली समय:

वि.सं २०८२ चैत्र ६   शुक्रवार

NepaliNP
निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ बाट १ सय १० जना सांसदहरूलाई प्रमाणपत्र वितरण,

चैत-५

काठमाडौं  - निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ बाट १ सय १० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ। निर्वाचन आयोगले आयोग परिसरमा एक समारोहको आयोजना गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराएको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी नेकपाले ९ श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट प्राप्त गरेका छन् । 

14 hours
हाम्रो आवाज