नेपाली समय:

वि.सं २०८२ चैत्र १३   शुक्रवार

NepaliNP
अमेरिकाद्वारा प्रस्ताव गरिएको युद्धविराम वार्ता इरानद्वारा ठाडै अस्वीकार,

चैत -१२

 

एजेन्सी - पटकपटक युद्ध विरामका लागि वार्ता गर्न अमेरिकाले पेश गर्दै आएको प्रस्ताव इरानद्वारा ठाडै अस्वीकार गरिएको छ। अमेरिकाले १५ बुँदे युद्धविराम योजना प्रस्तुत गरेको रिपोर्टहरूबीच इरानले पनि युद्धविराम सम्झौताका लागि आफ्ना कडा सर्तहरू अघि सारेको छ। आफूले प्रस्ताव गरेको सर्तहरू पूरा भएमा मात्र वार्ता हुन सक्ने इरानका राजनीतिक र सुरक्षा अधिकारी हरूले पटकपटक अन्तर्राष्ट्रिय संचार माध्यम लाई जानकारी गराउँदै आएका छन्।

 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट प्राप्त जानकारी अनुसार इरानले अमेरिकी युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ। एक वरिष्ठ राजनीतिक र सुरक्षा अधिकारीलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यम का अनुसार इरानले आफ्नै सर्तहरूमा युद्ध समाप्त गर्नेछ।' इरानी अधिकारीहरूले बारम्बार आफूहरूले युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य चाहेको बताएका छन्।

16 hours
हाम्रो आवाज