चैत- १६
नेपालगंज-बाँकेको नेपालगंज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पीडित पक्षले पाँच जनाको नाममा किटानी जाहेरी दिए पनि तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी गराएका छन् । पक्राउ पर्नेमा एकजना पुरुष र दुई महिला रहेका छन् ।
नेपालगज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै जलेर घाइते अवस्थामा भेटिएकी थिइन् जसपछि युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो । मृतकको मृत्यु आत्महत्या हो कि हत्या गरिएको हो भनेर गम्भीर कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी गराएका छन्।

