चैत -२६
एजेन्सि-इरानले बुधबार होर्मुज जलमार्ग पुनः बन्द गरेको छ । लेबनानमा इजरायलले सशस्त्र समूह हिजबुल्लाहमाथि गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो कदम चालेको हो । यसले गर्दा एक महिनाभन्दा लामो युद्ध अन्त्य गर्न गरिएको अत्यन्तै नाजुक युद्धविराम सम्झौताको भविष्यमाथि अन्योल पैदा भएको छ ।
बुधबार इजरायलले बेरुतका व्यापारिक र आवासीय क्षेत्रहरूमा आक्रमण तीव्र पार्दा १८२ जनाको मृत्यु भएको छ । यो इजरायल–हिजबुल्लाह युद्धकै सबैभन्दा घातक दिन सावित भएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यस सम्झौतालाई नाजुक भनेका थिए, जुन अहिले भत्किने खतरामा छ । ह्वाइट हाउसले इरानलाई तत्काल जलमार्ग खोल्न माग गरेको छ ।

