चैत-२९
सिरहा - सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ९ का राजेश दास रहेका छन् । उनलाई मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएपछि परिचालन भएको सशस्त्र प्रहरी बलको टोलीले आज बिहान निजलाई पक्राउ गरेको हो ।
शङ्का लागेर जाँच गर्दा चाँदीका गाँजासहित ब्रासलेट, नगद रु.२५ हजार र एक थान मोबाइल सेट बरामद भएको उनले बताएका छन ।

