नेपाली समय:

वि.सं २०८३ बैशाख ६   आइतबार

NepaliNP
राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्कीको सभामुख नुमान कुर्तुल्मुसबिच शिष्टाचार भेटवार्ता,

बैशाख-६

काठमाडौं -राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद् ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबिच शिष्टाचार भेटवार्ता भएको छ।

अन्तर व्यवस्थापिका सङ्घको १५२ औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले टर्कीको संसद्का सभामुख नुमान कुर्तुल्मुस सँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देश बिचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताएका छन्।

3 hours
हाम्रो आवाज