बैशाख-६
काठमाडौँ- नेपाल सरकारको भन्सार नीतिका कारण सीमा क्षेत्रमा देखिएको तनाव र उक्त तनाव व्यवस्थापन र भन्सार नीतिमा सुधारका लागि नेपाल–भारत खुला सीमा सम्वाद समूहले सरकारसँग आग्रह गरेको छ ।
समूहका प्रवक्ता प्रमोद कुमार साहले प्रेस विज्ञप्ति जारी गरी नेपाल र भारतबीचको सदियौंदेखिको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई दृष्टिगत गर्दै सरकारको पछिल्लो भन्सार नीतितर्फ गम्भीर ध्यानाकर्षण गराएको छ।

