वैशाख-१५
काठमाडौं -विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विरोध प्रदर्शन गरेका छन् ।
शासकीय सुधारका लागि सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णय भएपछि आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मंगलबार विरोध प्रदर्शनसहित मार्च पास गरेका हुन् ।
विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूले संगठनको अस्तित्वनै समाप्त पार्ने गरी गरिएको निर्णय भएको जनाएका छन् ।

