बैशाख -२४
काठमाडौं– भूमिहीन, सुकुम्वासी बस्तीमाथि सरकारले डोजर चलाएको डोजर भन्दै आज बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ ।
राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरूले हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध बालेन सरकार भन्दै नाराबाजी गरेका थिए ।

