वैशाख-२७
काठमाडौँ-प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन सुरु गरेको छ ।
नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौंका नदी र सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्तीलाई यही १२ वैशाखदेखि सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको थियो । स्थानान्तरण भएकालाई विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ ।

