नेपाली समय:

वि.सं २०८३ बैशाख ३१   बिहीवार

NepaliNP
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच बेइजिङमा वार्ता,

बैशाख-३१

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने उच्चस्तरीय राजकीय भ्रमणका क्रममा बुधबार चीनको राजधानी बेइजिङ पुगेका छन्। इरान युद्धका कारण पूर्वनिर्धारित समयभन्दा केही ढिला गरी भएको यो भ्रमणलाई विश्वका दुई महाशक्ति राष्ट्रबीचको चुलिँदो तनाव र भू-राजनीतिक अनिश्चितताका बीच निकै महत्वका साथ हेरिएको छ।

बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेपछि राष्ट्रपति ट्रम्पको औपचारिक भ्रमण सुरु भएको हो। भ्रमणको पहिलो दिन आज बेइजिङस्थित 'ग्रेट हल अफ द पिपल'मा चिनियाँ राष्ट्रपति सी जिनफिङले ट्रम्पको सम्मानमा भव्य स्वागत समारोह आयोजना गर्नेछन्।

11 hours
हाम्रो आवाज