जेठ -१
पोखरा-रवि लामिछाने माथि कास्की अदालतमा विचाराधीन मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने जिल्ला सरकारी वकिलको कार्यालयको निवेदनमा सुनुवाइ गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।
पुस अन्तिम साता तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलगायत प्रतिवादीको विचाराधीन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट अभियोग संशोधन गरेर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । सोही निर्णयका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोग फिर्ता गर्न निवेदन पेस गरेको थियो ।

