नेपाली समय:

वि.सं २०८३ जेठ ३   आइतबार

NepaliNP
वडा सचिवलाई धम्क्याउने व्यक्ति लाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन,

जेठ-२

दैलेखकाे दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्क्याउने र गैरकानुनी दबाब सिर्जना गर्ने प्रकाश खड्का नाम गरेका व्यक्तिलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएकाे छ।

प्रधानमन्त्री र सचिवालयको नाम दुरुपयोग गरी कर्मचारीलाई धम्क्याउने र गैरकानुनी दबाब सिर्जना गर्ने जो-कोहीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएकाे छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएको हो। 

दैलेखकाे दुल्लु नगरपालिका–१३, का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिएको अडियो रेकर्डप्रति ध्यानाकर्षण भएकको प्रधानमन्त्री कार्यालयद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ ।

कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादाविपरीत भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रहार गर्ने तथा धम्क्याउने यस्ता गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य भएकाे प्रधानमन्त्री कार्यालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

 

20 hours
हाम्रो आवाज