नेपाली समय:

वि.सं २०८३ जेठ ४   सोमवार

NepaliNP
नेपाली काङ्ग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनीत,

बैशाख -४

काठमाडौँ - नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ। 

पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा ३८ उपधारा (१०) बमोजिम भरत कुमार साहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा उनीहरूलाई सदस्य पदमा नियुक्त गरिएको हो।

मनोनयन हुने नयाँ सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन्। 

3 hours
हाम्रो आवाज