नेपाली समय:

वि.सं २०८३ जेठ ६   बुधवार

NepaliNP
अमेरिकाद्वारा इरानमाथि आज हुने आक्रमण तत्कालका लागि स्थगन-अमेरिकी राष्ट्रपति ट्रम्प,

बैशाख -५

एजेन्सी-अमेरिकाद्वारा इरानमाथि आज हुने आक्रमण तत्कालका लागि स्थगन गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी गराएका छन्।

खाडी देशहरुक अनुरोधमा इरानमा सुरु गर्न लागिएको योजनाबद्ध आक्रमण स्थगन गरेको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि केही दिनको समय मागेकाले तत्काललाई इरानविरुद्ध आक्रमण रोकिएको दाबी उनले गरेका छन्।

आज (मंगलबार) आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘गम्भीर कुराकानी भइरहेको छ र यस्तो सम्झौता हुनसक्छ, जुन अमेरिका र पश्चिम एसियाली देशका लागि स्वीकार्य होस्।’

1 day
हाम्रो आवाज