नेपाली समय:

वि.सं २०८३ जेठ ११   सोमवार

NepaliNP
भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो,

जेठ-११

 

एजेन्सी-अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिसँगै भारतमा इन्धनको मूल्यमा फेरि वृद्धि भएको छ। 

तेल कम्पनीहरूले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २.६१ भारु र डिजेलमा २.७१ भारु वृद्धि गरेका छन्। यो वृद्धिसँगै राजधानी दिल्लीमा अब एक लिटर पेट्रोलको मूल्य १०२.१२ भारु र डिजेलको मूल्य ९५.२० भारु पुगेको छ।

सर्वसाधारणका लागि महँगीको यो झट्का नयाँ होइन। मे महिनामा मात्रै इन्धनको मूल्य बढेको यो चौथो पटक हो। यसअघि मे १५ मा ३ भारु, मे १९ मा औसत ९० पैसा र मे २३ मा पनि पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरिएको थियो। दिल्ली बाहेक अन्य महानगरहरू मुम्बई, कोलकाता र चेन्नईमा पनि पेट्रोलको मूल्य प्रति लिटर १०७ देखि ११३ भारुको बीचमा पुगेको छ।

इन्धनको मूल्य बढ्नुको मुख्य कारण इरान र अमेरिकाबीचको बढ्दो तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रूड आयल) को मूल्यमा आएको उतारचढाव हो।

14 hours
हाम्रो आवाज