जेठ-२८
नेपालगञ्ज-बाँकेको बैजनाथ गाउँपालिका–५ मा एक महिलाले सरकारी जग्गा खाली गराउन पुगेका प्रहरी हवलदार माथि धारिलो हतियार खुकुरी प्रहार गरेकी छन् । बिहीबार (जेठ २८) ईश्वरी माध्यमिक विद्यालयको सरकारी जग्गा खाली गराउन पुगेका प्रहरी हवल्दारमाथि हतियार प्रहार गरिएको हो ।
प्रहरी हवलदार माथि धारिलो हतियार प्रहार गर्ने महिलालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बाँके प्रहरीले जनाएको छ।

