असार -९
काठमाडौं - विद्युतीय राहदानी खरिद ठेक्का प्रकरण अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगले दायर गरेको मुद्दामा राहदानी विभागका महानिर्देशक अर्यालसँगै निर्देशकहरू सुनिलकुमार केसी, शत्रुधनप्रसाद शर्मा पोखरेल, रवीन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई प्रतिवादी बनाइएको छ ।
यसका साथै सो ठेक्कामा इन्जिनियर विपिन प्रसाईं, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका कानुन उपसचिव राजाराम दाहाल र पुष्करराज नेपाल तथा लेखा उपसचिव भेषप्रसाद भुर्तेललाई समेत प्रतिवादी बनाइएको आयोग प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

