नेपाली समय:

वि.सं २०८३ आषाढ १४   आइतबार

NepaliNP
भेनेजुएला भूकम्प अपडेट:ज्यान गुमाउनेको संख्या ९२० पुग्यो,

असार-१३

 

काठमाडौँ-भेनेजुएलामा गएको शक्तिशाली भूकम्पले ठूलो मानवीय क्षति पुर्‍याएको छ। पछिल्लो विवरणअनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ भने तीन हजार ३६० जना घाइते भएका छन्।

 

गत बुधबार लगातार आएका दुईटा शक्तिशाली भूकम्पमध्ये दोस्रोको तीव्रता ७.५ रेक्टरस्केलको मापन गरिएको थियो। विज्ञहरूले यसलाई पछिल्लो एक सय वर्षयता भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक भएको व्याख्या गरेका छन्।

 

देशका प्रमुख बन्दरगाहमध्ये एक रहेको यस क्षेत्रमा भेनेजुयलाको मुख्य अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वार सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि अवस्थित छ।

 

भूकम्पका कारण सयौँ भवनमा क्षति पुगेको छ भने धेरै मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ।

खोज तथा उद्धार टोलीहरू निरन्तर परिचालन भइरहेका छन्। बेपत्ताको खोजी जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

 

बीबीसीका अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ भने सरकारले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने अभियान पनि जारी राखेको छ।

16 hours
हाम्रो आवाज