असार -१७
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई अब अनलाइन बनाएको छ। कर्मचारी सरुवा प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाएको छ।
सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणाली बनाएको हो ।
मन्त्रालयका अनुसार सो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीको व्यक्तिगत र सेवा सम्बन्धी विवरण प्रत्यक्ष रुपमा प्रणालीसँग आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुनेछ।
यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि फ्ल्यागिङ प्रणाली समेत रहनेछ। यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ।

