असार -१८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका सम्बन्धमा प्रकाशित/प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै ‘१८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना व्यक्ति पार्टीको सदस्य रहेको’ भनी प्रकाशन प्रसारण गरिएको समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

