साउन -८
नयाँ दिल्ली - अमेरिका–इरानबीच जारी द्वन्द्वले भारतको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ । भारतको संघीय सरकारका अनुसार युद्ध सुरू भएदेखि जुलाई २० तारिखसम्म करिब २६ हजार उडानहरू प्रभावित भएका छन् ।
उडान मार्ग परिवर्तन गर्नुपर्दा र उडान अवधि लम्बिँदा सञ्चालन खर्च बढेको कारण भारतीय वायुसेवा कम्पनीहरूलाई ठूलो राजस्व घाटा भएको सरकारले जनाएको छ ।
यो जानकारी भारतीय संसद्को तल्लो सदन (लोकसभा) मा संघीय उड्डयनमन्त्री मुरलीधर मोहोलले दिएका हुन् ।

