साउन- ९
काठमाडौं - डिजिटल वालेट प्रयोगकर्ताहरूले राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरूले नेपाली नागरिकको नयाँ वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग विवरण रुजु गरेर मात्र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको हो ।
त्यस्तै हाल वालेट प्रयोग गरिरहेका पुराना ग्राहकहरूको हकमा भने २०८३ साल असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

