नेपाली समय:

वि.सं २०८३ साउन १२   मंगलवार

NepaliNP
सुनसरीको कप्तानगञ्जमा जारी कर्फ्यु आदेश उल्लङ्घनपछि सेना परिचालन,

साउन- ११

सुनसरी -सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था लाई नियन्त्रणमा लिन  सेना परिचालन गरिएको छ।

आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो तर पनि प्रदर्शनले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक पनि बसेको जानकारी प्राप्त भएको छ।

 

13 hours
हाम्रो आवाज