साउन -१६
जनकपुर-मधेश प्रदेशका विभिन्न जिल्लामा विगत केही दिनदेखि देखिएको तनावपूर्ण अवस्थालाई सामान्य बनाउने उद्देश्यसहित गृहमन्त्री सुधन गुरुङले जनकपुरधाममा आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन् ।
सामाजिक सद्भाव कायम गर्दै शान्ति–सुरक्षाको अवस्था सहज बनाउन गृहमन्त्री गुरुङले शनिबार आन्दोलनकारी पक्षसँग प्रत्यक्ष छलफल अघि बढाएका हुन् । वार्ताका क्रममा पछिल्ला घटनाक्रम, पीडितका माग र समाधानका उपायबारे छलफल भइरहेको जनाइएको छ ।

