साउन- २१
काठमाडौँ - लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचय पत्र देखाउँदै लागुऔषध कारोबारमा संलग्न एकजना सहित ३ जना कारोबारीहरूलाई पक्राउ गरेको छ ।
ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कार सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ घर भएका २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन् । पक्राउ परेका तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

