नेपाली समय:

वि.सं २०८३ साउन २२   शुक्रवार

NepaliNP
एलपी ग्यास नपाए उद्योग मन्त्रालयको ९८५१११६७७३ मा सम्पर्क गर्न आग्रह,

साउन-२१
काठमाडौं- बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढ्न थालेपछि त्यसलाई सहजीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई सिधै उजुरी गर्न आग्रह गरेको छ।

मन्त्रालयले देशका विभिन्न स्थानमा ग्यासको कृत्रिम अभाव गराइएको सूचना प्राप्त भइरहेको जनाउँदै यस्ता गतिविधिबारे जानकारी भए उद्योगमन्त्रीको सचिवालयमा रहेको ९८५१११६७७३ नम्बरमा सिधै सम्पर्क गर्न अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार प्राप्त सूचना र उजुरीका आधारमा सम्बन्धित नियामक निकाय तथा सुरक्षा संयन्त्रसँग समन्वय गरेर आवश्यक कारबाही अघि बढाइनेछ।

बजारमा ग्यासको अभाव देखाएर बढी मूल्य असुल्ने, कृत्रिम संकट सिर्जना गर्ने वा आपूर्ति रोक्ने गतिविधि नियन्त्रण गर्न नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको मन्त्रालयको भनाइ छ।

 

 

11 hours
हाम्रो आवाज