नेपाली समय:

वि.सं २०८३ साउन ३०   शनिवार

NepaliNP
देशभर मनसुन सक्रिय केहि स्थानमा भारी वर्षाको सम्भावना,

साउन-३०

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

महाशाखाकाअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका  तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका  एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना छ ।

9 hours
हाम्रो आवाज