नेपाली समय:

वि.सं २०८३ साउन ३०   शनिवार

NepaliNP
इरानका राष्ट्रपति पेजेश्कियान भारत आउने,

साउन-३०

 

नयाँ दिल्ली- इरानका राष्ट्रपति मसूद पेजेश्कियान आगामी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आउनुहुनेभएको इरानी स्रोतहरूले शुक्रबार बताएका छन् ।

राष्ट्रपति पेजेश्कियान सेप्टेम्बरमा भारतीय राजधानीमा हुने शिखर सम्मेलनका लागि सहभागिता हुने कार्यक्रम तय भएको स्रोतले बताएको हो ।

 

भारतले आफ्नो सन् २०२६ को अध्यक्षतामा १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दैछ। सम्मेलन भारतको ‘लचिलोपन, नवीनता, सहकार्य र दिगोपनका लागि निर्माण’ विषयमा केन्द्रित हुनेछ। भारतले सन् २०२६ को सुरुवातमा ब्राजिलबाट ब्रिक्सको अध्यक्षता सम्हालेको थियो।

8 hours
हाम्रो आवाज