नेपाली समय:

वि.सं २०८३ भाद्र ८   सोमवार

EnglishEN
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,

भदौ-७

कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

प्रहरीका शनिबार अपराह्न ४ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक रामचन्द्र विक र पछाडि सवार रुपा विक घाइते भएका थिए । दुवैलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको थियो ।

उपचारका क्रममा रुपा विकको अपराह्न ४:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस चालक तथा दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१० घण्टा पहिले
हाम्रो आवाज