नेपाली समय:

वि.सं २०८३ भाद्र १४   आइतबार

EnglishEN
चीन द्वारा नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग,

चीन द्वारा नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग,

भदौ- १३
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई चीनले २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने भएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत अत्यावश्यक राहत सामग्री पनि नेपाल पठाउने तयारी गरेको छ।

त्यसैगरी, सुरुङ उद्धार तथा प्राविधिक कार्यमा विशेषज्ञता भएका दुईवटा टोलीसमेत नेपाल पठाइने भएको छ। बाढीका कारण जलविद्युत आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा फसेका व्यक्तिको खोज तथा उद्धारमा ती टोली परिचालन गरिने बताइएको छ।

२० घण्टा पहिले
हाम्रो आवाज