नेपाली समय:

वि.सं २०८३ भाद्र २०   शनिवार

EnglishEN
फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा २ जनाको मृत्यु,

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा २ जनाको मृत्यु,

भदौ-१९

पोखरा– कास्कीको पोखरास्थित फेवातालमा कार खस्दा दुई जनाको मृत्यु भएको भने दुई जनाको जीवितै उद्धार गरिएको छ । शुक्रबार बिहान करिब ५ बजे पोखराको गैराचौतारा नजिकको घुम्ती सडकमा लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको भारतीय कार दुर्घटनामा परेको हो । 

दुर्घटनामा परि मृत्यु हुनेमा भारतको बिहार प्रदेशका २६ वर्षीय नवदीप कुमार यादव रहेको र अर्का पहिचान नखुलेका एक अन्दाजी ४५ वर्षका पुरुषको रहेको सशस्त्र प्रहरीले जनाएको छ । यादवको पहिचान आधार कार्डका आधारमा खुलेको हो । 

२२ घण्टा पहिले
हाम्रो आवाज