नेपाली समय:

वि.सं २०८३ भाद्र २३   मंगलवार

EnglishEN
एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ,

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ,

 

भदौ-२३

हेटौँडा - मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षका देवनारायण महतो र पिकअप चालक चितवनको भरतपुर महानगरपालिका २४ बस्ने ४८ वर्षका टेकबहादुर दोङ रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी बाट खटिएको टोलीले १६२ किलो गाँजासहित दुई वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।कारको सिटमुनि लुकाएर ल्याएको अवस्थामा १३ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी गराएका छन्।

 

 

 

 

 

 

 

 

 

 

३ घण्टा पहिले
हाम्रो आवाज