नेपाली समय:

वि.सं २०८३ भाद्र २९   सोमवार

EnglishEN
होर्मुज जलमार्गबारे इरान र खाडी मुलुकबीच हुने वार्ता स्थगित ,

होर्मुज जलमार्गबारे इरान र खाडी मुलुकबीच हुने वार्ता स्थगित ,


भदौ -२९
एजेन्सी- ओमानले होर्मुज जलमार्गका सम्बन्धमा खाडी मुलुकहरू र इरानबीच हुने भनिएको क्षेत्रीय बैठक स्थगित गरिएको जनाएको छ ।

इरानी विदेश मन्त्रालयका एक अधिकारीले ओमानमा तय भएको उक्त बैठक केही क्षेत्रीय देशहरूको अनुरोध तथा तेहरान र मस्कटको संयुक्त निर्णयमा स्थगित गरिएको बताएका छन् । 

इरानी सञ्चारमाध्यमहरूले पनि केही अरब देशहरूको अनुरोधमा इरान र खाडी अरब देशहरूबीच ओमानमा हुने भनिएको वार्ता स्थगित गरिएको जनाएका छन् ।

२ घण्टा पहिले
हाम्रो आवाज