नेपाली समय:

वि.सं २०८३ आश्विन ४   आइतबार

EnglishEN
रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द बढ्न सक्ने अमेरिकाको चेतावनी,

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द बढ्न सक्ने अमेरिकाको चेतावनी,

असोज- ४
रियाद-यमनमा पुनः द्वन्द्व सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ। आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ।

अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्व बाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डस्थित क्याम्प डेभिडमा बिताइरहेको सप्ताहन्तको बसाइ छोट्याएर शनिबार अप्रत्याशित रूपमा ह्वाइट हाउस फर्किएका छन्। ह्वाइट हाउसले उनको फिर्तीको कारण भने सार्वजनिक गरेको छैन।

शनिबार बिहान रियादमा दुई पटक ठूलो विस्फोटको आवाज सुनिएको थियो। एएफपीका पत्रकारले विमानस्थल नजिकै साउदी तेल कम्पनी अरामकोको लोगो भएको इन्धन ट्याङ्कीमा आगलागी भएको देखेको जनाएका थिए। 

१ घण्टा पहिले
हाम्रो आवाज