नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै,
असोज- ५
काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ।
केन्द्रीय कमिटीको बैठकको कार्यसूचि तय गर्न केन्द्रीय सचिवालय बैठक आज विहान ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ।

