अविरल वर्षा रोकियो अब मौसममा क्रमिक सुधार हुने-मौसम पूर्वानुमान महाशाखा,
असोज- १२
काठमाडौँ-आइतबार साँझदेखि अविरल वर्षा रोकिएको छ। यससँगै अबदेखि मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसममा देखिएको सुधारले आज काठमाडौँ उपत्यकामा खण्डित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।
भारतमा रहेको मौसम प्रणाली कमजोर भएका कारण नेपालमा भइरहेको लगातारको वर्षा रोकिएको छ। आइतबार साँझदेखि वर्षाहुने क्रम रोकिएको छ ।

