गृहमन्त्री सुधन गुरुङ बिमिस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान,
असोज-२६
काठमाडौँ -गृहमन्त्री सुधन गुरुङ बिमिस्टेक बैठकमा सहभागी हुन भारततर्फ भ्रमणका लागि प्रस्थान गरेका छन्।
मन्त्री गुरुङको यो पहिलो विदेश भ्रमण हो। उनी (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बिमस्टेक गृहमन्त्री स्तरीय बैठक नयाँ दिल्लीमा २७ असोजमा आयोजना हुन लागेको छ। उक्त बैठक भारतीय गृहमन्त्री अमित शाहको पहलमा आयोजना भएको हो।

