नेपाली समय:

वि.सं २०८३ आश्विन ३०   शुक्रवार

EnglishEN
रानीपोखरीमा हाम फालेर एक जनाले गरे आत्महत्या,

रानीपोखरीमा हाम फालेर एक जनाले गरे आत्महत्या,

असोज -२९

काठमाडौं - काठमाडौंको रत्नपार्कस्थित रानीपोखरीमा एक जना पुरुषको शव फेला परेको छ । बुधबार राति पोखरीबाट प्रहरीले अन्दाजी ४० वर्षको पुरुषको शव निकालिएको हो ।

जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाका अनुसार, ती पुरुषको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ । पहिचान भने अझै खुलेको छैन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पुरुषले पोखरीमा हाम फालेर आत्महत्या गरेको खुलेको छ ।

आफूले लगाएको ज्याकेट पोखरीको एक साइडमा राखेर हाम फालेका थिए । प्रहरीले राति १० बजे उनको शव पोखरीबाट निकालेका थिए ।

१३ घण्टा पहिले
हाम्रो आवाज