नेपाली समय:

वि.सं २०८३ कार्तिक ७   शुक्रवार

EnglishEN
दशैंको टीका र जमरा लगाउने क्रम आज पनि जारी,

दशैंको टीका र जमरा लगाउने क्रम आज पनि जारी,

कार्तिक -६

काठमाडौँ -दशैंको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहको छ।  टीका र जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहेको छ।

बडादशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । 

दशैंको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ। दशमीका दिन टीका लगाउन नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू त्यसपछिका दिनमा मान्यजनकहाँ पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गर्छन् ।

४ घण्टा पहिले
हाम्रो आवाज