पीएचपीमा देखिएको विश्वव्यापी सुरक्षा जोखिम का कारण नेपालका अधिकांश सरकारी वेबसाइट बन्द,
कार्तिक -६
काठमाडौं :पीएचपीमा देखिएको विश्वव्यापी सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट बन्द गरिएका छन्। विश्वभर प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सावधानीस्वरूप नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै प्रणाली सुरक्षित गर्न, डेटा जोगाउन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो।
केन्द्रका अनुसार पीएचपी प्रविधिमा ‘PHP@Shell ’ (सिभिइ–२०२६–१०९६१८ र सिभिइ–२०२६–१०९६१९) नामक उच्च स्तरको सुरक्षा कमजोरी (सिभिएसएस ९.२) फेला परेको छ। यस जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका छन्।

