चारसय सत्तरी सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा,
कार्तिक- ८
काठमाडौँ - काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४ सय ७० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४ सय ७० सवारीसाधन कारबाहीमा परेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ चालकलाई कारबाही गरिएको जानकारी गराएका छन् ।
ट्राफिक प्रहरीले दसैँको समयमा सवारी नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।

