पृथ्वी राजमार्ग सहित देशका १२ वटा राजमार्ग अवरुद्ध,
कार्तिक -१४
काठमाडौं - अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध भएको छ। पृथ्वीराजमार्ग, बीपी राजमार्ग र कर्णाली राजमार्गसहित १२ वटाभन्दा बढी सडक खण्ड अवरुद्ध भएका छन्।
कतिपय स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही क्षेत्रमा खोलाको बहाव बढेपछि सवारी आवागमन रोकिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले यातायात सञ्चालनमा अवरोध पुर्याएको हो।

