नेपाल रेलवे बोर्डद्वारा रेलचालकका लागि दरखास्त आह्वान,
कार्तिक -१६
काठमाडौं - नेपाल रेलवे बोर्डद्वारा रेलचालकको लागि सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरिएको छ।
नेपाल र रेलवे बोर्ड केन्द्रीय कार्यालयले सूचना जारी गर्दै देशमा रेल सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न रेल चालकहरूको आवश्यकता परेकाले इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको जनाएको छ।
रेलचालकका लागि इच्छुक नेपाली नागरिकहरूले आवेदनका साथ आफ्नो नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यता प्राप्त संस्थाबाट जारी भएको रेलचालकको लाइसेन्सको प्रतिलिपि तथा सम्बन्धित क्षेत्रको अनुभव र तालिमको प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको दिनदेखि ३५ दिनभित्र काठमाडौँ विशालनगरस्थित नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा दरखास्त पेश गर्नुपर्ने जनाइएको छ ।

