प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीद्वारा सर्वोच्च अदालतमा रिट दर्ता,
कार्तिक- २०
काठमाडौं - प्रहरी महानिरीक्षकपदबाट हटाइएका दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बिहीबार नै सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगेका कार्कीको रिट अध्ययनका क्रममा रहेको भन्दै दर्ता हुन सकेको थिएन । उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । रिटमाथि कात्तिक ३० गते पेसी तोकिएको छ ।
सरकारले कार्कीलाई महानिरीक्षकको पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् । प्रहरी महानिरीक्षक पदमा सरकारले मनोज केसीलाई नियुक्त गरेको छ र अहिले उनी कार्यभार सम्हालीसकेका छन् ।

